
भदौ ७ गते ।
स्टारर चलचित्र ‘जाइरा’ शुक्रबारदेखि रिलिज भएको छ । नम्रता श्रेष्ठ नायिका रहेको जाइरा कुनै चलचित्र रिलिज नभएको मौकामा रिलिज भएको हो ।
विभिन्न चलचित्रमा लभर गर्लको भूमिका निर्वाह गर्दै आएका मन्रताले यस चलचित्रमा एक्सन अवतार लिएकि छिन् । नायिका नम्रता बक्सर खेलाडीको भूमिकामा चलचित्रमा देख्न सकिन्छ ।
आशुतोष श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतका नायक नायिकाहरुको मुख्य भूमिका रहेको छ ।
