जाजारकोटमा जमिए गायक नविन पौडेल

पूर्णपुष्टि/उदयपुर, पुस १५ गते ।

चर्चीत लोकदोहारी गायक नविन पौडेलले शनिबार जाजरकोटमा सांगितिक प्रस्तुती जमाए । मेची महाकालीका मेला महोत्सव मा अपरिहार्य भैसकेका लोक दोहोरी गायक पौडेलले पुसपन्ध्रको अवसरमा आयोजित दोश्रो जाजरकोट महोत्सवमा भब्य सांगितिक प्रस्तुती जमाएका हुन् ।

महोत्सव को चौथो दिन गायक नविनले जाजरकोटे हजारौँ हजार दर्सक श्रोतालाई धित मरुन्जेल नचाए । केटाकेटीदेखि बृद्दबृद्दासम्मले कम्मर मर्काई मर्काइ धित मरुन्जेल नाचे । गायक पौडेलले एक दर्जन बढी यथार्थपरक गीतहरु प्रस्तुत गरिरहदा महोत्सव को माहोल नै बेग्लै भएको थियो।

आयोजक समितिका अध्यक्ष कर्ण खत्रीका अनुसार महोत्सवमा मान्छेलाइ नचाउन र दर्सकलाई व्यवस्थापन गर्न माहिर रहेछन नवीन । उध्योग बाणिज्य संघ जाजरकोटका निबर्तमान अध्यक्ष कमान खड्काले पनि सहि थामे ।

पौडेलले भर्खर बजारमा ल्याएको नया गीत “फुलेको तोरिलाइ, बैँस आको छोरिलाइ जोगाउनै गाह्रो” लगायतका गीतहरुको दमदार प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0