Friday, February 7News That Matters

जाडोले गाउँ छोड्दै

मंसिरको अन्त र पुसको आगमन सँगै चिसो बढ्न थालेपछि हिमाली जिल्लाका बासीन्दाहरुले जाडो छल्न गाउँघर छाड्न थालेका छन् ।

बाह्रै महीना जाडो हुने भएपनि मङ्सिरको अन्तिम देखि पुस र माघमा बढी जाडो हुने भएकोले जाडो छल्ने गाउँ छाड्न बाध्य भएका हुन् ।

संरक्षण क्षेत्रहरुमा भने बाह्य पर्यटकहरुको आगमन बढुदै गएको छ । चिसो याममा हिउ सँग खेल्न र रमाउनको लागि पर्यटकहरु आउने भएकोले पर्यटकको संख्या बढेको हो ।

जाडो जल्न स्थानियबासीहरु जिल्लाको तल्लो भाग र तराइका विभिन्न भागमा झर्ने गर्दछ भने बाह्य पर्यटक भने भित्रीने क्रम बढ्ने स्थानियबासीहरु बताउछन् ।

हिमाली जिल्लाको माथिल्लो भेगमा हिउँ पर्न शुरु भए सँगै गाउँघर रित्तो हुने गर्दछ । विद्यालयले समेत परीक्षा सकाएर विदा मनाउन अन्यत्र जाने गर्दछ । अधिकांशले घरमा ताला चाबी लगाउछन् भने केहिले घरकुरुवा मात्र बस्ने स्थानियहरुले बताउछन् ।

तर पशुचौपाय किसानहरुले भने चौरी, भेडा, च्याङ्ग्रा तल्लो पहाडी भेग तथा चिसो कम हुने ठाउँमा सार्ने गर्दछन् । गाउँघर हिउँले सेताम्य पारेर ढाक्ने भएकाले यस ठाउँका बासीन्दाहरुको तल्लो भेगमा समेत जग्गा जमिन हुने भएकोले हिमाली भेग र बेसीमा उतीकै बसोबास गर्ने गर्दछन् ।