
डि एन चौधरी
उदयपुर, असार २४ गते ।
उदयपुरमा थारु जातीको पहिचान संरक्षण गर्नका लािग वडाले भेष भुषा वितरण गरिएको छ । त्रियुगा नगरपालिका – ६ ले वडा भित्र बसोबास गर्ने ६० जना थारुलाई भेषभुष वितरण गरको हो ।
थारु जातीको पहिचान जोगाई राख्ने उद्देश्यले भेष भुषा संरक्षणका लागी महिलाले लगाउने सारी पुरुषले लगाउने धोती, मुरठा विरतरण गरेको वडा कार्यालयले जनाएको छ ।
आदिवासी जनजाती समुहदाय भित्र पर्ने थारु जातीको पहिचान बचाई राख्न भाषा, धर्म, सस्कार सस्कृति, भेष भुषा रितिरिवाज संरक्षण गर्ने क्रममा थारु जातीको पोशाक वितरण गरेको वडा अध्यक्ष निर्मल चौधरीले बताए । थारु जाती मात्रै नभई वडामा बसोबास गर्ने अन्नय जातिको पनि जातिय पहिचान संरक्षणमा लागी परेको उनले बताए ।
चालु आर्थीक वर्षमा सारी, धोती र मुरठा वितरण गरेको वडाले आगामी आर्थीक वर्षमा थारु जातीको मौलीक वाजा, गरगहणासमेत प्रदान गर्ने वडाध्यक्ष चौधरीले बताए । वडाको एक लाख र त्रियुगा नगरपालिकाको ५० हजार रुपैयाले पोशाक वितरण गरिएको उनले बताए ।
वडा भित्र बसोबास गर्दै आएका आठ वटा थारु समुदायमालाई टोल विकास समिति मार्फत भेषभुषा वितरण गरेको वडा कार्यालयले जनाएको छ ।