Wednesday, July 1News That Matters

जापानलाई आणविक फोहोर पानी समुद्रमा नछोड्न आग्रह

बैशाख ३

जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा नफाली संवेदनशील बन्न चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आग्रह गरेको छ ।

जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको चीनका परराष्ट्र मन्त्रालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको जनाईएको छ ।

दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एक पक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएको जनाईएको छ ।

जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशीमा आणविक केन्द्रको फोहोर पानीको मुद्दालाई विवेकपूर्ण तरिकाले अघि बढाउन चीनका साथै दक्षिण कोरियाले आग्रह गरेका छन् ।  यो चीन र दक्षिण कोरियाको साझा स्थिति भएको जनाईएको छ ।

जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दाबी मात्र एकपक्षीय डाटामा निर्भर रहेको र यस अनुसन्धानमा अन्तर्राष्ट्रिय वातावरण मामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघ संस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको जनाईएको छ ।