Tuesday, June 23News That Matters

जाल्पाले पायो २०२० को राष्ट्रिय सर्बोउत्कृस्ट संथाको अवार्ड

मिलन परियार 
उदयपुर असोज ३ गते 

सामाजिक क्षेत्रमा सर्वोत्कृष्ट संथाको रुपमा घोषण गर्दै जाल्पा एकीकृत विकास समाज उदयपुरलाई २०२० को राष्ट्रिय सर्वोत्कृष्ट संस्थाको अवार्ड मिलेको छ । वर्डभिजन इन्टरनेशनल नेपालले यो बर्षको राष्ट्रिय सर्वोत्कृष्ट अवार्ड जाल्पा एकीकृत विकास समाजलाई प्रदान गरेको हो । जाल्पा बि .स .२०५१ साल माघ १ गते  बिधिवत रुपमा संस्थाको रुपमा स्थापना भैइ सामाजिक कार्यक्षेत्रको अग्रपंक्तिमा रहेर काम गर्दै आएको संस्था हो ।

निरन्तर  गरिब तथा बिपन्न बाल बालिका र समुदायको  जिबन स्तर बढाउन सफल एक सामाजिक क्षेत्रमा काम गरिरहेको यस संस्थालाई २०२० मा वल्र्ड भिजन बाट अवार्ड मिलेको हो ।

सन २०१३ देखी हाल सम्म वर्ल्ड भिजन ईन्टरनेसल नेपाल संग साझेदारी गरि बिभिन्न परियोजना संन्चालन गर्दै आएका १० संस्था मध्य वर्ल्ड भिजन ईन्टरनेसल नेपालको केन्द्रिय कार्यलय काठमाडौले यो बर्ष उदयपुरलाई अवार्ड प्रदान गरेको हो ।

वल्र्डभिजन सँग उदयपुर लगाएत काठमाडौ ,लम्जुङ , रुपन्देही ,जुम्ला , अछाम ,कैलाली ,डोटि सिन्धुली , सर्लाही , जिल्लामा साझेदारीको रुपमा १७ संस्थाहरु छन् । जसमा उदयपुरको साझेदारी संस्था जाल्पा हो ।

त्यसै गरि  वर्ल्ड भिजनको पुर्ब फिल्ड कार्यलयको साझेदारी ७ संस्थाहरु मध्येमा पनि जाल्पा सर्बोउत्कृस्ट हुन सफल भएको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेल जानकारी दिनु भयो ।

साथै सामाजिक क्षेत्रमा जाल्पाले पुराएको योगदानको मुल्याङकन गरी अवार्ड प्रदान गर्ने वल्र्डभिजन इन्टरनेसनललाई पनि धन्यवाद व्यक्त गर्नुभएको छ । २०२० को बार्षिक मुल्यांकन गरि सर्बोउत्कृस्ट  संस्था को अवार्ड बाट जाल्पा संस्था सम्मानित भएकोमा खुसि व्यक्त गर्नुभयो ।