Friday, February 7News That Matters

जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीलाई

उदयपुर, बैशाख ४ गते ।

प्रथम जाल्पा गोल्डकपको उपाधि उदयपुरगढी फुटवल क्लवले चुमेको छ । जाल्पा स्पोर्टस क्लव उदयपुरको आयोजनामा भएको फाईनल खेलमा गाईघाट फुटवल क्लवलाई ४–३ को गोलअन्तरले पछि पार्दै गढीले चुमेको हो ।

९० मिनेटको निर्धारीत खेलमा २–२ गोलले बराबरीमा भएपछि खेल ट्राईव्रेकरमा गएकोे थियो । खेल सुरु भएको ५० सेकेन्डमा गाईघाटका समिरराज राउतले गोल गर्दै खाता खोलेका थिए । भने ८० औँ मिनटमा सुनिल खड्काले दोस्रो गल गरेका थिए ।

खेलको हाफ समय पछि ४८ औँ मिनेटमा गढीका उज्वल चाम्लिङले १ गोल गरेको थियो । भने ६५ औँ मिनटमा सुरज भुजेलले दोस्रो गोल गरेको थियो ।

निर्धारित समयमा खेल बराबरी भएपछि थप गरिएको समयमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईव्रेकरमा गएको थियो । ट्राईव्रेकरमा गाईघाटका दुई र गढीका १ खेलाडीले गोल गर्न सकेको थिएन ।

गाईघाटका अर्जुन मगर, समिरराज राउत र सागर रायले गोल गरेको थियो ।  भने गढीका योगेश बुर्जामगर, उज्वल चाम्लिङ, सबिन थापा र विजय भुजेलले गोल गरेको थियो ।

प्रतियोगिताको फाईनल खेलमा गढीका विजय भुजेल उत्कृष्ट खेलाडी र गढीकै दिलकुमार लिम्बु उत्कृष्ट गोलरक्षक घोषित भएको आयोजकले जनाएको छ ।
उपाधिसँगै उदयपुरगढीले १ लाख १ हजार १ सय ११ रुपिँया, शिल्ड र उपविजेता गाईघाटले ५० हजार ५ सय ५ रुपिँया र मेडल प्राप्त गरेको हो । उनीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र अखिल नेपाल फुटवल संघका पवक्ता तथा केन्द्रिय सदस्य किरण राईले नगदसहितले सम्मान गरेको थियो ।