Monday, February 17News That Matters

जाल्पा गोल्डकप चैत २५ देखि, तयारी पुरा

उदयपुर, चैत २२ गते ।

उदयपुरको सुकौरामा आगामी चैत २५ गतेदेखि सन्चालन हुने प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

जाल्पा स्पोर्टस् क्लव र त्रियुगा नगरपालिका वडा नं. १६ को संयुक्त आयोजनामा हुने गोल्डकपको तयारीका कामहरु पुरा भएको आज पत्रकारसम्मेलनको आयोजना गरी जनाइएको हो ।

तयारीमा खेल मै दान घेराबेरा, सरसफाई गर्नुका साथै खेलाडी, अतिति, दर्शक व्यवस्थापन लगायतका कामहरु पुरा भईसकेको क्लवका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

गाईघाट फुटबल क्लव, स्वार्णीम सपना युवा क्लव, बेल्टार युनाईटेड फुटबल क्लव, रौता स्पोर्टस् क्लव, जाल्पा स्पोर्टस् क्लव सुकोरा, असारी फुटबल क्लव, प्mयुजन फुटबल क्लव र उदयपुरगडी गाउँपालिका फुटबल टिम गरी आठ टीमबीच प्रतिष्पर्धा हुने प्रतियोगिताको फाइनल खेल नयाँवर्षको बैंसाख २ गते हुनेछ ।

प्रथम पुरस्का एक लाख, दोस्रो पुरस्कार ५० हजार रहेको प्रतियोगिताको सात दिनसम्मको खेलमा हरेक दिन एक जनालाई म्यान अफ दि म्याच घोषित गरी पुरस्कृत गरिने र उत्कृष्ट गोलरक्षक, सर्बाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्य र एन्फा प्रवक्ता किरण राईको विशेष आतिथ्यामा प्रतियोगिताको उद्घाटन गरिने जनाइएको छ । प्रतियोगिताका सबै रोमान्चक खेलहरु दर्शकले निःशुल्करुपमा हेर्न पाउने र खेलाडीहरुलाई खान बस्न राम्रो प्रवन्ध मिलाइने जनाइएको छ ।

प्रतियोगिताले वडा नं. १६ को सान र पहिचान मान नभइ सिंगो जिल्लाको खेलक्षेत्रको सान र पहिचान बढाउने आयोजकको विश्वास छ ।

क्लवका अध्यक्ष दाहालले अध्यक्षता तथा नानु थापा मगरले सन्चालन गरेको पत्रकार सम्मेलनमा वडा महिला सदस्य गोमा कार्कीले प्रतियोगिताको सफलताको कामना गर्दै प्रचार प्रसारमा  भूमिका खेलिदिन पत्रकारहरुलाई आग्रह गरिन् ।