
सविना मगर
बेलका पुस २३ गते ।
भोजपुरका हतुवागढीको खैराङमा यात्रुवाहक जिप दुर्घटना हुदा ११ जना घाईते भएको छ ।
हतुवागढी गाउँपालिका वडा नं ४ को खैराङमा आईतबार दिउँसो २ ः०० बजे जिप दुर्घटना हुदा ११ जना घाईते भएको हो ।
हलेदेबाट घोरेटार तर्फ आउदै गरेको स १ ज ९० नम्बरको ल्याण्ड रोभर जिप ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाईतेहरुलाई विपि कोईराला विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको लागि लगिएको थियो । २ जनालाई सामान्य उपचार गरि डिस्चार्ज गरेको छ । गम्भिर अवस्थाका ९ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।