
उदयपुर, वैशाख २ गते ।
एतिहासिक ट्रेल रेसमा संजिता राई र याङ्देव राईले प्रथमई जना राईले प्रथम स्थापन हाँसिल गरेका छन् ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथ आयोजना गरिएको खुल्ला ट्रेल रेसमा हुन् ।
जहाँबाट सुरु भई त्यहि अन्त्य हुने रेस महोत्सव स्थल दोबाटेबाट सुरु गरिएको थियो । दोवाटेबाट पालिकाको केन्द्र बाराहा पुगेर फर्की उक्त स्थानमै अन्त्य गरिएको थियो । १६ किलोमिटरको रेसमा १५ केटी र २८ केटा गरी ४३ जनाले सहभागिता जनाएको थियो ।
महोत्सवको विभिन्न आकर्षण मध्ये नयाँ तथा एक महात्वपूर्ण रेसलाई लिईएको आयोजकले जनाएको छ । महोत्सवको अवसर पारेर आयोजना गरिएको रेसमा स्थानिय र छिमेकी जिल्लाका युवा युवतीले भाग लिएको थियो ।
खुल्ला रेसमा केटी तर्फबाट २ घण्टा १२ मिनट १८ सेकेन्डमा १६ किलोमिटर दुरी पार गर्दै लिम्चुङ्बुङ गाउँपालिका– १ बाँसबोटेकी संजिता राई प्रथम भएको हो । २ घण्टा १७ मिनट १० सेकेन्डमा उक्त दुरी पार गर्दै लिम्चुङ्बुङ गाँपालिका–५ हिम्माकी तारा राई द्धितिय भएकी हुन् । २ घण्टा १८ मिनट २० सेकेन्डमा उक्त दुरी पार गर्दै लिम्चुङ्बुङ गाँपालिका–५ हिम्माकी अन्जु राईले तृतिय भएकी छिन् । भने २ घण्टा २३ मिनट ३० सेकेन्डमा उक्त दुरी पार गर्दै रौतामाई गाँउपालिका– १ माझखर्ककी विमला तामाङ सान्त्वना भएको लिम्चुङ्बुङ गाउँपालिका स्पोर्ट क्लवको कोषाध्यक्ष रुपा राईले बताईन् ।
१ घण्टा १४ मिनटमा १६ किलोमिटर पार गर्दै मोरङको याङ्देव राईले प्रथम स्थान हात पारेको छ । १ घण्टा १७ मिनटमा उक्त दुरी पार गर्दै सोलूका लप्सन राई खालिङले द्धितिय स्थान हात पारेको हो । १ घण्टा २१ मिनट ५५ सेकेन्डमा सो दुरी पार गर्दै चौदण्डिगढी नगरपालिका–५ उदयपुरको कुशल सुवेदीले तृतिय स्थान हात पारेको छ । भने १ घण्टा २२ मिनट ४५ सेकेन्डमा उक्त दुरी पारगर्दै लिम्चुङ्बुङ गाउँपालिका–१ बाँसबोटेको सर्वधन राई सान्त्वना स्थान हात पारेको राईले बताईन् ।
महिला पुरुष प्रथम पुरस्कार १० हजार नगद सहति शिल्ड, म्याडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ८ हजार नगद सहति शिल्ड, म्याडल र प्रमाण पत्र, तृतिय पुरस्कार ५ हजार नगद सहति शिल्ड, म्याडल र प्रमाण पत्र र सान्त्वना पुरस्कार २ हजार नगद सहति शिल्ड, म्याडल र प्रमाण पत्र रहेको राईले बताईन् ।
जिल्लाकै पहिलो र एतिहाँसिक रेस भएकाले पर्यटकीय गन्तव्य बनाउनका लागि आगामी वर्षमा अझ लामो दुरी र व्यावस्थीत रेसको आयोजना गर्ने लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए । खेलकुद स्वास्थ्यका लागि नभई नहुने अर्थात अतिआवश्यक वस्तु भएकोले यसको विकास गर्नु पर्ने अध्यक्ष राईले बताए ।
प्रकृतिक सौदर्यताले भरिपूर्ण स्थानबाट खुल्ला आँखाले नै सगरमाथा, कञ्चन्जंघा, चोयु, कुम्भकर्ण, लोत्से लगायत आठ ओटा उच्च तथा चर्चित हिमालहरुको दृष्यावलोकन गर्न सकिने अध्यक्ष राईले बताए ।