
उदयपुर, चैत १२ गते ।
उदयपुरमा नीजि लगानीको पहिलो ठूलो उद्योग सञ्चालनमा आएको छ । सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योग वाहेक नीजि लगानीको ठूलो उद्योग नरहेको उदयपुरमा साढे तीन करोड लगानीको गिरीबन्धु प्लाष्टिक रिसाईक्लिङ उद्योग सञ्चालनमा आएको हो ।
त्रियुगा नगरपालिका ३ मोतिगडा खुन्टामा उद्योग सञ्चालन भएको उद्योगले गत कार्तिक महिनादेखि विभिन्न साईजका कालो पाईप र कालो प्लाष्टिक उत्पादन गर्दै आएको छ । खानेपानी तथा सिंचाईका लागि उपयुक्त हुने १६ एमएमदेखि २४० एमएमसम्मको पाईप र ढलाक कामका लागि आवश्यक पर्ने प्लाष्टिक उत्पादन गर्दै आएको छ । ग्रामीण भेगमा ठूलो लगानीको उद्योग सन्चालनमा चुनौती छ भन्ने कुरालाई चिर्दै थालिएको उद्योगको सुरुकै अवस्थामा उत्पादन र बजार उत्साहजन रहेको उद्योग संचालक प्रदिप गिरीले बताए ।
कच्चा पदार्थको रुपमा सुद्ध प्लाष्टिक दाना र स्थानीय स्तरमा खेर गईरहेका प्लाष्टिकहरुलाई संकलन गरेर प्रसोधन गरी गुणस्तरीय सामान उत्पादन गर्दै आएको उद्योगले स्थानीयस्तमै रोजगारी सिर्जना गरेको छ । हाल २१ जना स्थानीयले रोजगारी पाइरहेका छन् । गाउँमै उद्योग खुलेर रोजगारी पाउदा एकदमै खुसी भएको स्थानिय कामदार तिलककुमारी ठकुरीले बताईन् ।
उद्योग खुलेपछि विदेशिन लागेका युवाहरुले आप्mनै ठाउँमा रोजगारीको मौका पाएका मात्र छैनन् विदेश गएर काम सिकेका जनशक्तिले पनि आप्mनै ठाउँमा रोजगारी र सीपको प्रयोग गर्ने मौका पाएकामा खुसी भएको मिस्तिरी सम्भु गिरिले बताए ।
उद्योगले रोजगारी मात्र सिर्जना गरेको छैन, जताजतै प्mयाकिएको प्लाष्टिकको संकलन र व्यवस्थापनले सरसफाईमासमेत टेवा पुगेको छ । जलेर तथा कुहेर नष्ट नहुने प्लाष्टिकहरु नगरपालिका तथा गाउँपालिकाको चुनौती बनिरहेको अवस्थामा तीनै पालिकासंग समन्वय गरेर उद्योगले संकलन गर्दै आएको छ । त्यस्ता प्लाष्टिकहरु उद्योगले किनिदिने भएपछि सर्वसाधारणले फाल्नुको सट्टा संकलन गर्ने र बेचेर पैसा आर्जन गर्न पनि थालेका छन् ।
दैनिक १६ हजार केजी पाईप र १० हजार केजी प्लाष्टिक उत्पादन क्षमताको उद्योगले हाल २ हजार ५ सय केजी पाईप र १ हजार २ सय केजी प्लाष्टिक उत्पादन गर्दै आएको छ । उत्पादित सामानलाई बजारको समस्या छैन । उदयपुर, खोटाङ, सोलु, ओखलढुंगा, भोजपुर, धनकुटा, सप्तरी, सिरहा लगायतका जिल्लाको बजारलाई केन्द्रित गरी उत्पादन बृद्धि गर्दै लैजाने योजना उद्योगको छ । उद्योग सञ्चालनको हिसावले उपयुक्त जिल्ला रहेको संचालक गिरिले बताए ।
सबैतहका सरकारले समृद्धिको नारालाई प्राथमिकता दिएपनि उद्योग खोलेर रोजगारी सिर्जना गरेको अवस्था छैन । यस्तो अवस्थामा विशेषगरी स्थानीय सरकारले यस्ता नीजि स्तरका उद्योगहरुको विकास र प्रवद्र्धनमा ध्यान दिनु पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरका अध्यक्ष मधुकर थापाले बताए ।