उदयपुर, मंसीर १५ गते ।
उदयपुरको गाईघाटमा आयोजित जिल्ला व्याड्मिन्टन प्रतियोगिताको फाईनलमा भोटराज राई र बसन्त कटुवालको जोडी र लक्षजंग ठकुरी र लुमिनी कार्कीको जोडीले प्रबेश गरेको छ ।
जिल्ला व्याड्मिन्टन संघ उदयपुरद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको क्वाटर तथा सेमी फाईनल खेलमा प्रतिष्पर्धीहरुलाई पछि पार्दै उक्त दुईजोडी फाईनलमा प्रवेश गरेको हो । भोटराज र बसन्त जोडीले इमाहाङ र मनोजको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने लक्षजंग र लुमिनी जोडी पनि गोविन्द र ललितको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
४० जोडीले भाग लिएको प्रतियोगिताको तेस्रो स्थानमा गोविन्द थापा र ललित नायकको जोडी तथा इमाहाङ र मनोज खड्काको जोडी रहेका छन् ।
फाईनलखेल भने आगामी मंसीर २८ र २९ गते हुने १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुने आयोजकले जनाएको छ ।