
उदयपुर, बैशाख ७ गते ।
मानव जिवनसँग प्रत्यक्ष रुपमा जोडिएको योगका उदयपुरमा एक दिने प्रवचन कार्यक्रम भएको छ । जिवनयोग प्रयोगशाला गाईघाट उदयपुरको आयोजनामा मानव जिवन रुपान्तरणका लागि योगको माध्यम अपनाउनु पर्ने भएकाले प्रवचन कार्यक्रम भएको हो ।
मानिसलाई रुपान्तरण गरि नकारात्मक पक्षबाट सकारात्मक दिसा तर्फ डो¥याउने माध्यम भएकाले कार्यक्रमको आयोजना गरिएको थियो । लागुऔषमा फसेका, मानसिक रोगी लगायतका विभिन्न जटिल रोगलाई समेत योगको माध्येमबाट निको पार्न सकिने जिवनयोग प्रयोगशाला गाईघाट उदयपुरको अध्यक्ष दिपक पराजुलीले बताए ।
दैनिक ४०/५० जनाले योग गर्दै आएका छन् । मानिसले प्राप्त गर्ने सुख, शान्ति र समृद्धिका लागि योग ध्यान र प्रणाम गर्दै आएको पराजुलीले बताए । विहान करिब ४ ः ३० बजेदेखि सुरु भई २/३ घण्टा सम्म योग अभ्यास हुने गरेको पराजुलीले बताए ।
मानिसमा हुने तनाव, चिन्ता, असन्तुष्ट लगायका विभिन्न मानसिक कुराहरुलाई योगको माध्येमबाट हटाउन सात दिनको प्याकेज हुने गरेको जिवनयोग प्रयोगशाला गाईघाट उदयपुरको प्रशिक्षक पवन कटुवालले बताए । सात दिन सम्म नियमित योग ध्यान र प्रणाम गरेमा आफै मानिस परिवर्तन हुने गरेको कटुवालले बताए ।
व्यक्तिबोध,लयबोध, सम्बन्धबोध, ऐश्वर्यबोध,विज्ञनबोध लगायतका विभिन्न प्याकेज समेत रहेको कटुवालले बताए । रोगी र निरोगी दुवैलाई योग अभ्यास उपयुक्त रहेको कटुवालले बताए ।
प्रयोगशालाले प्रत्येक शनिबार मठ, मन्दिर, सडक लगायतका सार्वजनिक स्थलहरुको सरफाई तथा विद्यार्थी भाईबहिनीहरुलाई प्रशिक्षण समेत दिदै आएको कटुवालले बताए ।