Friday, May 22News That Matters

जीपको छतबाट हाम फाल्दा एक जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १

तेह्रथुममा जीपको छटबाट हाम फाल्दा एक जनाको मृत्युभ एको छ । आठराई गाउँपालिका–३ को ह्वाकू हाँगेक्पामा जीप (ट्याक्सी) को छतबाट हाम फाल्दा रविन तामाङको मृत्यु भएको हो ।

जीपको छतबाट हाम फाल्दा निघुरादिन घर भएका १७ वर्षीय तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ को निघुरादिनबाट तेह्रथुमको आठराई गाउँपालिकाको सङ्क्रान्ति बजार आउँदै गरेको मे १ ज ४२६ नम्बरको जीप उकालो सडकमा चढ्न नसकेर पछाडि सरेपछि तामाङ छतबाट हाम फालेको प्रहरीले जनाएको छ ।

छतबाट हाम फालेका तामाङलार्ई त्यही जीपले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।