Thursday, May 7News That Matters

जीप दुर्घटनामा २ जनाको मृत्यु

असोज ११ गते । 

दैलेखको डुंगेश्वरमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका–२ भतेल्नामा गतराती यात्रु वहाक जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो ।

सरमुकामबाट उमका तर्फ जादै गरेको भे १ ज ३९९१ नम्बरको जीप दुर्घटना भएको थियो । जिपमा सवार डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उम निबासी २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पठाईएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा स्थानिय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटा पश्चात गाडी चालक फरार रहेका चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।