Friday, May 22News That Matters

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी

पूर्णपुष्टि, भदौ १

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । गतरातीदेखि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको हो ।

कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको जनाईएको छ । त्यस्तै निषेधाज्ञा जारी गरिएको ठाउँमा कुनै पनि भेला नगर्न समेत निर्देशन गरिएको छ । कोरोनाको जोखिम बढेसँगै पार्टी, भेला, धार्मिक मेला पनि रोक लगाइएको छ ।

स्थानीय प्रशासन र पालिकाहरुले पटक–पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन दिँदै आएको छ ।