Saturday, May 23News That Matters

जुवा खेलाउने ३ जना पक्राउ

मोरङ, असोज १५

मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ परेका छन् ।
विराटनगर–१५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ बर्षीय जगदिश साह पक्राउ परेका हुन् ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको वशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनिहरुले यलष्लिभबाट कुन टिमको हारजीत हुन्छ भनि  बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनामाथी कानुनी कारबाहही अगाडी बढाएको जिप्रका मोरङले जनाएको छ ।