Saturday, April 26News That Matters

जेठाजुकोे खुकुरी प्रहारबाट बुहारी घाईते

मोरङ, असार २४ गते । 

मोरङमा जेठाजुले बुहारीलाई धारीलो हतियार प्रहार गरी गम्भिर घाईत बनाएको छ । सुन्दरहरैचा नगरपालिका – १ कुमार गाउँमा खुकुरी प्रहार गरि जेठाजुले बुहारीलाई गम्भिर घाईते बनाएको हो ।

कुमार गाउँ निबासी ३६ वर्षीय निरबहादुर नेपालले आफ्नै बुहारी २६ वर्षीय सलिना नेपाललाई दिउँसो करिब १ बजे खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । नेपालले सलिनाको शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते भएकी सलिनाको उपचार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा भईरहेको प्रहरीले जनाएको छ भने खुकुरी र खुकुरी प्रहार गर्ने नेपाल प्रहरीको नियन्त्रण रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।