Monday, February 17News That Matters

जेष्ठ नागरिकलाई झुल वितरण

पुजा राजधामी 

उदयपुर, बैशाख ३०  गते । 

उदयपुरको एक सय ६८ जेष्ठ नागरिकलाई मछड रहित झुल वितरण गरिएको छ ।


त्रियुगा नगरपालिका–२ का एक सय ६८ जना जेष्ठ नागरिकलाई झुल आईतबार वितरण गरिएको हो ।


नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाईरहेका दलितको हकमा ६० वर्ष माथिका र अन्य जातीको हकमा ७० वर्ष माथिका जेष्ठनागरिकलाई सम्मान स्वरुप झुल वितरण गरिएको वडाकार्यालयले जनाएको छ ।


जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत छुट्याईएको बाजेटले गर्मीयामको सुरुवात सँगै जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्ये नजर गर्दै झुल वितरण गरिएको त्रियुगा नगरपालिका वडा नं २ को वडाध्यक्ष घमानसिंह खत्रिले बताए ।

गर्मी समयमा लामखुट्टे प्रस्त लाग्ने भएकाले यसको टोकाईबाट लाग्ने रोग लाग्न नदिनका लागि झुल वितरण गरिएको अध्यक्ष खत्रिले बताए । घरमा सुत्दा झुलको प्रयोग गर्नाले लामखुटेको टोकाईबाट बचि घातक रोगबाट बच्न सकिने भएकाले जेष्ठ नागरिकलाई सम्मान स्वरुप झुल वितरण गरिएको अध्यक्ष खत्रिले बताए । गत वर्षमा जाडोमा न्यानो कपडा वितरण गरिएकाले यस वर्ष झुल दिएको अध्यक्ष खत्रिले बताए  ।

वडाको जोगीदह, मुथ्याई, सनुवा, खैजनपुर लगायतका गाउँ बस्तिमा गई विश्व स्वास्थ्य संगठल (डब्लु एच् ओ)ले मान्यता दिएको गुणस्तरीय झुल वितरण गरेको वडा कार्यालयका सचिव दिनेश पौडेलले बताए । अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई उनिहरुको घरमै पुगेर झुल दिएको सचिव पौडेलले बताए ।

पालिकाले पडाएको परिपत्र अनुसार वडामा जेष्ठ नागरिकको संख्या २ सय ८ रहेको देखिए सचिव पौडेलले बताए ।