Friday, February 14News That Matters

जेष्ठ नागरिक र अपाङ्गलाई वडाको न्यानो सम्मान

उदयपुर, माघ ९ गते ।

उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडा कार्यालयले जेष्ठ नागरिक र अपाङ्गलाई न्यानो कपडाका साथ विहिबार सम्मान गरेका छन् ।

जाल्पा चिलाउने स्थित वडाको आफ्नै कार्यालयमा आयोजित एक कार्यक्रममा ४५ जना जेष्ठ नागरिक र ३० जना अपाङ्गलाई न्यानो कपडाको साथ सम्मान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाको मेयर बलदेब चौधरी, वडाध्याक्ष मानबहादुर राई र पालिकाको सल्लाहकारहरुले सुइटर र ब्याङ्केट प्रदान गरेका थिए ।

त्रिनपा १६ ले जेष्ठ नागरिक मध्येपनि विशेष ८० वर्ष भन्दा माथिको बुद्धबुद्धाहरु र शारिरीक अपाङ्गता भई विभिन्न कारणले गर्दा सरकारी सेवा सुविधाबाट बञ्चित भएका अपाङ्गलाई सम्मानको साथ न्यानो कपडा वितरण गरेको छ ।

शारिरीक अपाङ्गताभई आर्थीक, समाजिक विभिन्न कुराले सरकारी सेवाबाट बञ्चित भएका अपाङ्गहरुलाई जाडोमा ओड्ने (व्लाङ्केट) न्यानो कपडा दिदा उनिहरु एक दमै खुसी भएको वडा कार्यालयले जनाएको छ । उक्त कार्यक्रमको साथ कक्षा १ देखि १२ कक्षा सम्ममा अध्यनरत अति विपन्न, पिछडिको वर्ग समुदाय, आदिवासी जनजातीहरुका जोखिम्ममा परेको ६० जना मेहनती जेहेन्दार विद्यार्थीहरुलाई १ लाख ७ हजार रुपैँया छात्र बृद्धि वितरण गरेको थियो ।

कक्षा १–७ सम्मका १० छात्र र १२ छात्रा गरि २२ जनालाई एक हजार, एक हजार, ८–१० कक्षाको १६ छात्र र १४ छात्रा गरि ३० जनालाई जनही एक हजार ५ सय र ११, १२ कक्षाका ५ छात्र र ३ छात्रा गरि ८ जनालाई ५ हजारको दरले छात्र बृद्धि वितरण गरेको कार्यालयले जनाएको छ ।

नगरको आन्तरिक स्रोत बढाएर बृद्धबृद्धा, अपाङ्ग, बालबालिका, महिला लगायत जनहितमा अझबढि कामहरु गर्नु पर्ने त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताए । आमा वुवा भनेको ईश्वर हो । जेष्ठ नागरिकले पनि अरुले जस्तै समाजमा सम्मान जनक बाँच्न पाउने अधिकार भएकोले बृद्धबृद्धाहरुको सम्मान गर्नु पर्ने चौधरीले बताए ।

नगरमा भएको जनिज पदार्थ, बृषी, र पर्यटनको मात्रै विकास र व्यावस्थापन गर्न सके समृद्ध नगर नभई समृद्ध प्रदेश समेत बनाउन सक्ने सम्भावना भएको मेयर चौधरीले बताए । यसको विकास गरी आन्तिरीक स्रोत बढाई जेष्ठ नागरिक र अपाङ्ग मात्रै नभई सवै नगरबासीको सेवा सुविधामा सुधारको काम गर्ने मेयर चौधरीले बताए ।

वडाको नियमित कार्यक्रम अन्तरगका कार्यक्रममा जेष्ठ नागरिक र अपाङ्गको सम्मान गरीएको त्रियुगना नगरपालिका वडा नं १६ को वडा अध्यक्ष मानबहादुर राईले बताए । जेष्ठ नागरिक र अपाङ्गहरुलाई न्यानो कपडा वितरण सँगै अति विपन्न विद्यार्थीहरुको शिक्षामा टेवा पु¥याउन प्रोत्साहनका लागि छात्र बृद्धि प्रदान गरिएको राईले बताए ।

कार्यक्रममा नेकपाका युवानेता परमेश्वर घिमिरे, वडा सदस्य मानबहादुर मगर (पदम) लगायतले मन्तब्य राख्दै जेष्ठ नागरिकहरुलाई न्यानो कपडा मार्फत राज्यको न्यानो सम्मान मिलेको बताएका छन् ।

वडाबाट जाडोमा लगाउने ओढ्ने न्यानो कपडाका साथ सम्मान पाएकोमा आफु लगायत बृद्धबृद्धाहरु एकदम खुसी भएको ९० वर्षीय लिलानाथ भट्टराईले बताए ।