
उदयपुर, पुस २३ गते ।
उदयपुरको उदयपुरगढीमा संचालन भएको एकिकृत घुम्ति शिविरमा ७१ वर्षीय वृद्ध सहित तीन सय ३१ जनाले नागरिकता पाएको छ ।
उदयपुरगढी गाउँपलिका वडा नं ७ हाडेबासमा संचालन भएको एकिकृत घुम्ति शिविरमा जेष्ठ नागरिक सहित तीन सय ३१ जनाले नेपाली नगरिकता पाएको हो ।
जिल्ला प्रशासन उदयपुरको आयोजनामा भएको एकिकृत घुम्ती शिविरमा २००४ सालमा जन्मिएका ७१ वर्षीय गोकुल बहादुर मगर लगायत तीन जना बृद्ध बृद्धाहरुलाई नगरिकता दिएर शिविरको उद्घाटन गरिएको थियो ।
पालिकाको २ नं प्रदेश संग सिमाना जोडिएका वडा नं ६ र ७ का जनतालाई सेवा प्रदन गर्न लक्षले शिविर संचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । शिविरमा बृद्ध बृद्धा सहित तीन सय ३१ जनाले नेपाली नगरिकता लिएको जिल्ला प्रशासन उदयपुरको प्रशासकीय अधिकृत तथा शिविर प्रमुख कुमार खड्काले बताए ।
शिविरबाट एक सय ३१ पुरुष र २ सय ३६ जना महिलाले नागरिकता लिएको थियो । बृद्ध मगर र २००५ सालमा जन्मिएकी ७० वर्षीय शान्ति माया खुलाल मगर, २०११ सालमा जन्मिएकी ६४ वर्षीय सन माया विश्वकर्मा सहित १६ वर्ष माथिका नेपालीहरुहले नेपाली नागरिकता लिएको खड्काले बताए ।
गाउँको कुना काप्चामा छरिएर बसोबास गरी रहेको विभिन्न समस्याले नेपाली नागरिकताबाट बञ्चि भएका जनतालाई सहज रुपमा सेवा प्रदन गर्ने उद्देश्यले शिविरको आयोजना भएको र निर्वाचन कार्यालयले पनि फोटो सहितको मतदाता परिचय पत्रको लागि सेवा समते शिविरमा गराएको खड्काले बताए ।
नागरिकता पाएपछि खुसी हुदै ७१ वर्षीय गोकुल बहादुर मगरले भने अहिले सम्म कुनै पाटी तथा नेतालाई भोट दिन नपाएको गुनासो अव नागरिकता बनेपछि मेटाउन पाउने भए । अव आफुले मन परेको नेतालाई भोट दिने र बृद्ध भत्ता खाने बाटो खुलेको मगरले बताए । म गाउँ घर बेला मौकामा मात्रै आउथ्ये छोरा छोरीको नागरिकता काकाले बनाई दियो म चै डुल्ले मान्छे भएकोेले बनाको थिईन तर आज भयो मगरले बताए ।
बाबुको नामबाट सबै छोरा छोरीको जन्म दर्ता, नागरिकता तथा जग्गा लगायत सबै काम हुने भएपछि मेरो त नागरिकताको कमै भएन ७० वर्षीय बृद्धा शान्तिमाया मगरले बताईन् । नागरिकता बनाई माग्दा समेत काम परेको छैन किन बनाउनु प¥यो भनेर बुढाले बनाई दिएन तर आज पाएकोमा खुसी छु मगरले भनिन् ।
नागकिता खै काम त लाग्दैन होला तर बृद्धा भत्ता खानको लागि चाहिन्छ रे त्यसैले बनाएको हुँ मगरले बताईन् । सबै काम बाबुकोबाट हुन्छ । मेरो नागरिकता बनेको छ । अव भोट लगाउन चै पाउने भए आज सम् मभोट लगाएको छैन कस्तो हुन्छ त्यो पनि थाहा छैन मगरले बताईन् ।
जनता पाउने विभिन्न सरकारी सेवा सुविधा कटौती नहुने गरी सहज रुपमा सम्बन्धीत निकायले उपलब्ध गराउनु पर्ने १ नं प्रदेश सांसद नारायण बुर्जा मगरले बताए । शिविरमा नेपाली जनताले कुनै प्रकारको सरकारी सेवा बाट बंन्चित नहुन् र विदेशीले नपाउन् यसमा सम्बन्धित निकाय गम्भिर हुनु पर्ने मगरले बताए ।
त्यस्ता जुन कुनै पनि निकायको आँखा नपुगेको विकट गाउँमा बसोबास गर्ने जनतालाई विशेष ध्यान दिन मगरले बताए । यस्ता जनताको लागि नसरकारी निकाय र राजनितीक प्रतिनिधीको ठुलो जिम्मेवारी रहेको मगरले बताए ।
यस शिविरले जनताको हक हितको लागि ठुलो सहयोग गरेको र यस्ता सेवा सुविधा सरकारी निकायहरुले गाउँ घरमै उपलब्ध गराउनु् पर्ने जिल्ला समन्वयन समितीको प्रमुख खड्ग बहादुर परियारले बताए । कतिपय जनताहरु थाहा पाएर पनि आर्थीक र भौगोलिक विकताको कारण पनि सेवा सुविधाबाट बंञ्चित भईरहेकाले यस्ता ठाउँमा विशेष रुपमा ध्यान दिनु पर्ने परियाले बताए ।
गाउँमा बसोबास गर्ने मानिसहरु अधिकांश आर्थीक स्तर नाजुक भएकोले र नागरीकता जस्ता नेपालीको परिचय पत्रको समेत महत्व नबुझेकाले सेवा बाट बञ्चित भएको परियाले बताए । नयाँ पुस्ताहरु केहि सचेत भएपनि सवै कुराको ज्ञान नहुनाले पछि परेको परियाले बताए ।