Friday, February 7News That Matters

जेसिजको ब्याडमिन्टनमा कार्की र थापाको जोडीलाई डबल उपाधी

उदयपुर फागुन १३ गते ।

जेसिज उदयपुरद्धारा शनिवार आयोजित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवल र भेट्रान्स गरी दुवै इभेन्ट्समा बल बहादुर कार्की र चित्र थापाको जोडीले प्रथम स्थान हासिल गरेको छ ।

मेन्स डबल तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडीलाई र भेट्रान्स तर्फ बिक्रम सिंङ खड्का र दिपक राईको जोडीलाई पराजीत गर्दै कार्की र थापाको जोडीले दुवै इभेन्ट्सको उपाधी चुम्न सफल भएको हो । मेन्स डबल तर्फ पराजीत भएपछि श्रेष्ठ र खवासको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । भने भेट्रान्स तर्फ खड्का र राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

मेन्स डवल तर्फ रुविन राई र बसन्त कटुवालको जोडी तथा बादल खतिवडा र मनोज खड्काको जोडी तेस्रो भएका छन् । भने भेट्रान्स तर्फ गोबिन्द थापा र केसब कार्कीको जोडी तथा लक्ष्यजंग ठकुरी र हरी प्रकाश गुप्ताको जोडी तस्रो भएका छन् ।

६९ औँ प्रजातान्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले गर्नु भएको थियो ।

जेसिज उदयपुरका महासचिव ललित नाकयका अनुसार सप्तरी, सिराहा, र उदयपुर जिल्लाका मेन्स डवल तर्फ  २३ जोडी र भेट्रान्स तर्फ १३ जोडीले भाग लिएका थिए ।

बिजयी खेलाडीहरुलाई जेसिज उदयपुर २०१९ का अध्यक्ष सन्तोष गुप्ताले पुरस्कार प्रदान गर्नुभयो । नगद पुरस्कार सहित सिल्ड र प्रमानपत्र प्रदान गरिएको थियो । मेन्स डवल तर्फ प्रथम, द्धितिय,  तृतियलाई क्रमश नगद १२ हजार, ६ हजार, ३ हजार र भेट्रान्स तर्फ प्रथम, द्धितिय, तृतियलाई क्रमश १० हजार, ६ हजार, ३ हजार सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।