जेसिवी दुर्घटनामा दुई घाईते

उदयपुर मंसिर १४ गते ।

उदयपुरको उदयपुरगढीमा एक जेसिवी दुर्घटना हुदा दुई जना गम्भिर घाईते भएको छ ।

उदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा जेसिवी दुर्घटना हुँदा चालक र सहचालक गम्भिर घाइते भएका हुन् ।

जेसिवी सडकको काम गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा कटारी नगरपालिका वडा नं ५ निबासी चालक ४० वर्षीय महोन तामाङ र चौदण्डी नगरपालिका हडियाका निबासी २५ वर्षीय सहचालक नविन राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सडक निर्माण गर्ने क्रममा ना २ क ९५३१ नम्बरको डोजर सडक देखि २ सय मिटर तल खसेको थियो । वडा अध्यक्ष राउतको पार्टनरसिपमा रहेको आरआरके मेन कन्ट्रक्सन प्राईभेट लिमिटेडको जेसिवी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि काठमाण्डौ लगिएकोे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0