Tuesday, July 7News That Matters

जोगिदहमा महिला लक्षित लैगिंक मूलप्रवाहिकरण तालिम

पूर्णपुष्टि,माघ १ । गाईघाटको त्रियुगा नगरपालिका १ जोगिदहमा लैगिंक मूलप्रवाहिकरण तालिमको आयोजना गरेको छ । समाजमा लिङ्गकै आधारमा हुने गरेको विभेद् र असमानता हटि नसकेकोले समाजसेवी समुहले महिलालाई लक्षित गरी तालिमको आयोजना गरेको हो ।

महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा त्रियुगा नगरपालिकाको समन्वयमा संस्थाले संचालन गरेको “महिला शसक्तिकरण तथा दिगो जिविकोपार्जन कार्यक्रम” अन्तर्गत तालिमको आयोजना गरेको कार्यक्रम संयोजक बिनोद कार्कीले बताए ।

मिलिजुली सहकारी संस्थाको भवनमा सञ्चालित तालिममा संस्थाका संयोजक कार्की र दुर्गानन्द चौधरीले सहजिकरण गरेका थिए । तालिममा समुदायमा परम्परागत सोच अझै बाँकी रहेको, विभेद् गर्नेहरुलाई कार्वाह गर्न राज्यले कानुन बनाएपनि कार्यान्वयन गर्न नसकेका, कानुनी जटिलता जस्ता समस्या रहेकाले विभेद्का अवेशषहरु अझै बाँकी रहेको सहजकर्ताहरुले बताएका छन् । उनीहरुले समुदाय परिवर्तन नै मुख्य चुनौती भएकाले परिवर्तनका लागि सबैको साथसहयोग आवश्यक रहेको औल्याए ।

अध्यक्ष मनोजकुमार चौधरीले लैङ्गिक विभेदको अन्त्य गरी समतामुलक समाज निर्माणमा जोड दिनु पर्ने बताए । उनले समाजको संरचना र संस्कृतिमा परिवर्तन गर्न सकियो भने मात्र सबैखाले असमानताको अन्त्य हुने बताए । सहभागी पार्वती चौधरीले महिलाहरुको घरयासी कार्यवोझले सहभागीता, पहुँच तथा नियन्त्रणमा चुकेको वताईन् । अन्य सहभागिहरुले सामुदायिक विकासका लागि सहभागिता सुनिश्चित गर्नु पर्ने बताए