Friday, May 15News That Matters

जोन्सनको आमनिर्वाचन गर्ने प्रस्ताव अस्वीकृत

भदौ १९ गते । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरेको आमनिर्वाचन गर्ने प्रस्ताव हाउस अफ कमन्सले अस्वीकृत गरेको छ । प्रधानमन्त्रि जोसनले समय अगावै आमनिर्वाचन गर्ने गरी गरेको प्रस्ताव संसदले अस्वीकृत गरेको हो ।

प्रधानमन्त्री पद सम्हालेको छोटो समयमा नै दुई ठूला हार व्यहोरेका छन् । पहिलो युरोपेली युनियनबाट विनासर्त बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदमा फेल भएको थियो । ब्रेक्जिटलाई लिएर भएको निर्वाचनमा जोन्सनको पक्षमा ३०१ र विपक्षमा ३२८ सांसद उभिएका थिए ।

प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात् ४३४ मत आवश्यक रहेकोमा उनले मात्रै २९८ मत पाएका थिए । त्यस्तै सांसदहरूले संसदमा प्रस्तुत गरेको सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित भएको छ । हाउस अफ कमन्समा भएको मतदानमा ३२७ सांसदले पक्षमा मतदान गरेर विधेयक पारित गरेका हुन् ।