Friday, May 22News That Matters

जोर–बिजोर नियममा १४ हजार सवारी सधान कारबाही

पूर्णपुष्टि, असार ७ गते । 

सरकराले गत जेठ ३० गतेदेखि जोर र विजोर नम्बरका सवारी चलाउन पाईने नियम लागु गरेको छ ।

यो नियम लागू भएपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट हिजोसम्ममा नियम उलङ्घन गर्ने १४ हजार ५ सय ४३ सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जसमध्ये  ११ हजार ४ सय ९२ वटा दुई पाङग्रे र ३ हजार ५१ चार पाङग्रे निजी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  यस्तै ६ सय ९२ वटा भाडाका ट्याक्सी कारवाहीमा परेका छन् ।

जोर बिजोर प्रणालीसँगै दुई पाङ्ग्रे सवारी साधनमा एक जना मात्रै चढ्न पाउने नियमलाई अझ कडाइका साथ लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।