Thursday, June 18News That Matters

झापाका एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

पूर्णपुष्टि, वैशाख २

कोरोना संक्रमणबाट झापाका एक पुरुषको ज्यान गएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

विर्तामोड नगरपालिका–८ निवासी उनी केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको हिजो राति ज्यान गएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।