Tuesday, July 7News That Matters

झापाको दमकमा पसल आगलागी,५ वटा पसल जलेर नष्ट

पूर्णपुष्टि,माघ १ । जिल्लाको दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्ग संगै जोडिएको पसलमा आगलागी भएको छ । आईतवार विहान करिव साढे तीन बजेको समयमा आगलागी भएको हो ।

स्थानीय राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको हो ।

विद्यु सर्ट भई श्रेष्ठको जुत्ताचप्पल पसलमा आगलागी हुँदा संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।