Monday, July 6News That Matters

झापामा भारतीय नागरीक लागुऔषध ब्राउन सुगरसहित पक्राउ

पूर्णपुष्टि, साउन २४

झापा भद्रपुर नगरपालिका–३ किचकबध स्थितबाट एक भारतीय नागरीक लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेको छ । भारत घर भई हाल ठाकुरंज बस्ने २८ वर्षीय श्रवण राय लागुऔषध ब्राउन सुगरसहित पक्राउ परको हो ।

हिजो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले रायलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्रामसहित पक्राउ गरिएको थियो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।