
पूणर्पुष्टि, जेष्ठ, १५
झापामा फेरी २५ जना संक्रमित थपिएको छ । कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।
नेपालमा बिहिबार आज सम्मकै सबै भन्दा बढी १ सय ५६ जनामा कोरोना पुष्टि भए सँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक ठुलो मात्रामा कोरोना संक्रमित फेला परेको छ । मंगलबार पनि १ सय १४ जना संक्रमित फेला परेको थियो । आज १ सय ५६ जनामा कोरोना देखिए मन्त्रालयले जनाएको छ ।
आज धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३ / ३ जना, दोलखा र कैलाली २ / २ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु, नवलपरासी र पूर्वका एकरएक जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले बताउनुभयो । यस मध्य १ सय ८७ जना निको भएर घर फर्किसकेको छ भने ५ जनाको मृत्यु भइसकेका छन् ।
