Friday, May 22News That Matters

झुलाघाट नाका ३ दिनका लागि खुल्दै

पूर्णपुष्टि, असार २४

भारतसँग सीमा पर्ने बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनसम्म खुल्ने भएको छ । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा तीन दिनका लागि सीमा नाका खोल्ने सहमति भएको हो ।

सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार बिहान ९ बजेदेखि सीमा नाका खुल्ला गरिएको हो । भारतमा पेन्सन बुझ्ने दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने जनाइएको छ । त्यसका लागि ज्येष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ ।