
साउन २५ गते ।
तान्जानियामा इन्धन बोकेको ट्याङ्कर विस्फोटन हुँदा करिब ५७ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।
मुख्य मार्गमा उत्तानो परेर पल्टिएको ट्याङ्करबाट इन्धन चोरी गर्ने प्रयास गर्दै गर्दा विस्फोटन भएको प्रहरीले जनाएको छ । मोराग्वरो क्षेत्रमा घटना भएको थियो जुन सरसामान र इन्धन ओसारपसार गर्ने एउटा मुख्य मार्ग हो ।
निकै व्यस्त स्थान भएकाले इन्धन चोरी गर्न संलग्न नरहेकाहरूको पनि मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।
