Tuesday, March 25News That Matters

टिपरको ठक्करबाट एकको मृत्यु

उदयपुर, मंसिर १० गते ।

उदयपुरका त्रियुगा नगरपालिकाको गुन्टेमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका वडा नं ७ जलजले–मुर्कुची सडक खण्ड स्थित गुन्टेमा चुन ढुंगा बोक्ने टिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

बेलुका ९ः३० बजे बा ३ ख ६११५ नम्बरको टिपरले स ५ प ३१२७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

कसमस सिमेन्टको चुन ढुङ्गा बोक्ने टिपरले मोटरसाईकललाई ठकर दिदा मोटरसाईकलको पछाडी सवार त्रिनपा ७ निबासी १८ वर्षीय सोनाम राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मोटरसाईकल चालक त्रिनपा ७ निबासी भुपेन्द्र राई सामान्य घाईते भएको छ । कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल उदयपुर ल्याईएको प्रहरीले जनाएको छ ।

गाडी र चालक नियन्त्रणमा लिई कार्वाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।