Monday, February 17News That Matters

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

उदयपुर, असार ४ गते

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका – ४  लाटी खोलामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

बसाहाबाट बेल्टार तर्फ अउँदै गरको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई बा १ क ७०९ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा चौनपा – ७ वर्खेडाँडाका ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवन राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परले साईड च्याप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानियले बताएका छन् । ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी राजमार्गका पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रक्सनको भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर प्रहरीको नियन्त्रण रहेपनि चालक फरार भएकाले खोजिकार्य तिव्र भईरहेको प्रहरीले जनाएको छ ।