
मोरङ, असोज १२ गते ।
मोरङको सुन्दरहरैचा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सुन्दरहरेचा नगरपालिका–६ मा टिपरको ठक्करबाट ९ वर्षीय लुकास थपलियाको घटना स्थलमै मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले दिउँसो पौने ३ बजे बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
