टेबुलटेनिसमा सुनसरीको एकलौटी जीत यात्रा, गर्ल र वाईज सिंगल खेल जारी

पूर्णपुष्टि/उदयपुर, बैसाख ११ गते

-उदयपुरमा सञ्चालन भएको पूर्बाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगिताको मंगलबारससम्मको खेलमा सुनसरी जिल्लाको एकलौटी जीत यात्रा कायम छ ।

पहिलो दिन सोमबार टिम इभेन्ट्स मेन्सतर्फ प्रथम स्थान हाँसिल गरेको सुनसरीले मंगलबार टिम इभेन्ट्स उमन र मेन्स डबल्स इभेन्ट्सतर्फ पनि प्रथम स्थान हाँसिल गरेको हो । पुरुष डबल्सतर्फ सुनसरीका गणेश तामाङ र महावीर चौधरीको जोडीले प्रथम स्थान हाँसिल गरेका हुन् । सुनसरीकै अनमोल वि.क र प्रतिक थापाको जोडी दोस्रो भए ।

उमन र मेन्स टिम इभेन्ट्सको दुबै खेलको दोस्रो स्थानमा मोरङ जिल्ला रहेको छ । मेन्स टिम इभेन्ट्सको तेस्रो स्थानमा झापा र तेह्रथुम रहेका छन् । उमन टिम इभेन्ट्समा झापा र इलाम परेका छन् । भने मेन्स डबल्स खेलको तेस्रो स्थानमा मोेरङका बोदित डिसी र राहुल साहको जोडी तथा मोरङकै सन्तोष काप्mले र रोसन श्रेष्ठको जोडी सफल भएका छन् ।
बासकेटबल खेल प्रशिक्षक तथा कोच शिव श्रेष्ठका अनुसार मेन्स सिंगल र उमन सिंगलतर्फको खेल जारी रहेको छ । भोली (बुधबार) सम्ममा सबै खेल सकिने उहाँले बताउनुभयो ।

पूर्बाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुदको संयोजनमा सञ्चालित प्रतियोगिता बोक्सेस्थित व्याड्मिन्टन कवर्डहलमा सौहाद्रपूर्ण र भव्यरुपले सञ्चालन भईरहेको छ । प्रतियोगितामा पूर्वाञ्चलका विभिन्न १० जिल्लाका करिब ९० जना खेलडीले भाग लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0