Friday, February 7News That Matters

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

असार २ गते ।

मोरङको भेडुवामा ट्याक्टरले एक मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकाल चालकको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गत राती पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटारसाईकललाई पछाडीबाट ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालक दिलिप कुमार विकको मृत्यु भएको हो ।

राती किरब पौने दुश बजे को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आईरहेका को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका भोजपुर स्थायी घर भई (हाल) सुनवर्षी नगरालिका – ४ अमरदह बस्दै आएका ४५ वर्षीय विकको रंगेली अस्पतालमा राती १०ः३० बजे उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने ट्याक्टर चालक फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।