Wednesday, July 1News That Matters

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी, असोज २० 

सुनसरीमा मिनी ट्याक्टरको ठक्करबाट स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरले स्कुटरलाई ठक्कर दिदा धरान–१४ निबासी २५ बर्षीय गोकुल तामाङको मृत्यु भएको हो ।
आज विहान सवाँ १० बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएको थियो ।

घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनि ट्याक्टर र चालक नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।