मोरङ, साउन ९ गते ।
मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर किल्चदा एक जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका – १ मा खेत जोत्ने क्रममा को २ त ९०४६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरले किल्चेर ट्याक्टर धनी दिपक सरबरियाको मृत्यु भएको हो ।
विहान करिब ११ बजे खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएर ४१ वर्षीय सरबरिया मृत्यु भएको प्रहरीले जनाएको छ ।