
पाँचथर, मंसिर १५ गते ।
पाँचथरको भालुपमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–१४ भालु खोपका भित्रि सडक खण्डमा दुर्घटना हुदा ट्याक्टर चालक अविनास राईको मृत्यु भएको हो ।
भालुखोपबाट लुङरु तर्फ जादै गदेको मे १ त ५७८१ नम्बरको ट्याक्टर गतराती साँढे ११ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुदा चालक १८ वर्षीय राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
