Tuesday, July 7News That Matters

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाईते

पूर्णपुष्टि, पुष २६ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका–११ सितुमारी स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा २५ बर्षीय अनिल चौधरी रहेका छन् ।

सोमबार बिहान साढे ९ बजे उत्तरबाट दक्षिण तर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट चालक चौधरी र सहचालक २० बर्षीय रुपेश रिषिदेब घाईते भएका थिए ।

घाईते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । रिषिदेबको भने सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।