Tuesday, March 18News That Matters

ट्याक्टर पल्टिदा दुईको मृत्यु

उदयपुर, फागुन ८ गते । 

उदयपुरको साउने–गाईघाट सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ दुईको घटना स्थलमै मृत्यु भएका छन् ।

सगरमाथा लोकमार्ग अन्तरर्गतका साउने–गाईघाट सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा दुईको मृत्यु र ६ जना घाईते भएका हुन् ।

रौतामाई गाउँपालिकाबाट तेजपत्त माथि यात्रु बोकेर सदरमुकाम गाईघाट तर्फ आउदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर सडकमा पल्टीदा चालक र यात्रुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायवउपरिक्षक अर्जुन रानाभाटले बताए ।

डिएसपी रानाभाटको अनुसार दुर्घटनामा चालक त्रियुगा नगरपालिका वडा नं १५ निबासी २७ वर्षीया दुर्ग बहादुर मगर र यात्रु रौतामाई गाउँपालिका वडा नं ५ निबासी ४३ वर्षीया दिलबहादुर राईको मृत्यु भएको  र सहचालक सहति ६ जना सामान्य घाईते भएको बताए ।

तेजपत्ता बोकेको ट्याक्टर दिउसो २ः०० बजे सडकमै पल्टिएको थियो ।  दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भने घाईतेहरुलाई जिल्ल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।