
मोरङ, असार ९ गते ।
मोरङको बुढिगंगामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । विहान करिब ११ बजे बुढिगंगा गाउँपालिका – १ मा ट्याङ्करले विपरित दिसाबाट आउदै गरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलका चालकको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ ख १९०५ नम्बरको ट्याङ्करले विपरित दिसाबाट आउँदै गरेको को ३६ प ३०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट गम्भिर भाईते भएका ईटहरी उपमहानरपालिका – ४ निबासी २८ वर्षीय संविज पोडेलको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उपचारको क्रममा करिब ११ बजे मृत्यु भएको पौडेलको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको छ भने मोटरसाईकल, ट्याङ्कर र ट्याङ्कर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।