पूर्णपुष्टि, पुष २० । धरान उप–महानगरपालिका–१७, स्थित पटानीका एक युवा बिगत ८ दिनदेखि बेपत्ता भएका छन् । स्थानीय १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न भनी निस्किएको थियो ।
बधवार धरानमा पत्रकार सम्मेलन गर्दै परिवारजनले खोजीकार्य गरिदिन संचारकर्मीमार्फत् स्थानीयहरुलाई अपिल गरेको हो । बराइली शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाले बताइन् ।
उनको आफन्तजन, साथीभाइ सबैसर्ग सोधखोज गर्दापनि कही कतै छ भनेर बत्तानलागको उनको बुवा भीम बराईलेले बताए । प्रहरी प्रशासनमा रिपोर्ट दिएको आठ दिन बितिसक्दा पनि छोराको अवस्था थाहा पाउन नसकेको बुवा बराइलीले बताए ।
