Monday, March 17News That Matters

ट्रकको ठक्करबाट एकको मृत्यु

उदयपुर, मंसिर २५ गते ।

उदयपुरको घुर्मीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कटारी नगरापलिका वडा नं १४ घुर्मीमा मानसिक सन्तुलन गुमेका एक युवाको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

ओखलढुङ्गा बाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकले मानसिक सन्तुलन गुमेका अन्दाजी ४५ वर्षीय युवालाई ठक्कर दिएको थियो । गम्भिर घाईते युवाको उपचारको लागि काठमाण्डौ लाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीेल जनाएको छ ।

अपरिचित घाईते युवालाई स्थानिय स्पतालमा सामान्य उपचार गरि गम्भिर अवस्था भएकोले थप उपचारको लागि काठमाण्डौ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक युवाको शव पोष्टमार्टमको लागि कटारी अस्पताल उदयपुर ल्याईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । भने फरार चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।