सुनसरी, असार २९ गते ।
सुनसरीको ईनरुवामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । ईनरुवा नगरपालिका – ३ विजुली अफिस अगाडी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
गत राती ९ः४५ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व आउँदै गरेको ना ५ ख ३३०९ नम्बरको ट्रकले विपरित दिशा तर्फ जादै गरेको को ५७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक र पछाडी सवार दुवै जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक ईनरुवा – ६ निबासी ३७ वर्षीय भोगेन्द्र घिमिरे र उक्त निबासी २७ वर्षीय अनिलऋषिदेव सदा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई जिल्ला अस्पताल ईनरुवामा सामान्य उपचार गरी थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लाने क्रममा घिमिरेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक, मोटराईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।