Thursday, April 30News That Matters

ट्रकको ठक्करबाट दाङमा ३ जनाको मृत्यु

पूर्णपुष्टि,कार्तिक २६

दाङमा ट्रकको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको हो ।

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदैगरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई हिजो राति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

मृतकको शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।