
झापा, फागुन २०
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापा कनकाई नगरपालिका ४ मा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान –१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ –१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भएका उनीहरुको वि एण्ड वि अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही कारमा सवार मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञानबहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ बस्ने प्रेमबहादुर वाईबा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
