
सोलुखुम्बु, जेठ ३१ गते ।
सोलुखुम्बुको दुधकुण्डमा ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । उदयपुर कटारी–४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको हो ।
हिजो दिउँसो पौने ५ बजे दुधकुण्ड(८ शिकारी डाँडामा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
