सुनसरी, असार ३१ गते ।
सुनसरीको जमुवामा ट्रयाक्टरले चेप्टिएर एक जनाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–९ जमुवामा ट्रयाक्टरले चेप्ट्याएर २४ वर्षीय चन्दनकुमार मेहेताको मृत्यु भएको हो ।
खेत जोत्ने क्रममा ट्रयाक्टर हिलोमा फँसेपछि निकाल्न प्रयास गर्दा बिहान साढे ९ बजे को २ त ८३४० नम्बरको ट्रयाक्टरले चेप्ट्याएर मेहेता गम्भिर घाईते भएका थियो । घाईते मेहेतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।